birat ribon

बेलायतमा भ्रमण वर्षको शुरुआत

Neuro
बेलायतमा भ्रमण वर्षको शुरुआत

काठमाडौं २० पुस । बेलायतस्थित नेपाली दूतावासले नेपाल भ्रमण वर्षको औपचारिक शुरुआत गरेको छ ।

Padelux insider
cura insider

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजित एक समारोहमा अभियानको औपचारिक शुरुआत गरे ।

उनले बेलायतमा डेढ लाख नेपाली रहेका र प्रत्येकले एक विदेशी पर्यटक लैजान कोशिश गरे मात्रै पनि डेढ लाख पर्यटक नेपाल पुग्ने बताए ।

राजदूत सुवेदीले बेलायतमा बस्ने सबै नेपालीलाई सन् २०२० मा सपरिवार नेपालको भ्रमण गर्न र विदेशी साथीलाई भ्रमण गर्न प्रेरित गर्न आग्रह गरे । उनले बेलायतमा रहेका सबै नेपाली रेस्टुरेन्टलाई ‘भिजिट नेपाल इयर २०२०’ को प्रचारप्रसार गर्न र दूतावासले ‘भिटिज नेपाल’का पर्चासमेत रेष्टुरेन्टलाई उपलब्ध गराउने बताए ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गत वर्ष नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा लन्डनका ५० बसमा नेपाल भ्रमण वर्षको विज्ञापन गरिएको बताए । सन् २०२० मा बेलायतबाट कम्तिमा एक लाख पर्यटक पठाउने गरी कार्ययोजना बनाइएको उनले बताए ।

एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले बेलायतस्थित सबै सङ्घसंस्थालाई भ्रमण वर्ष सफल पार्न आह्वान गरिन् । भ्रमण वर्ष सफल पार्न दूतावासबाट गठन गरिएका २२ विभिन्न समितिका पदाधिकारीले आआफ्ना समितिका कार्यक्रम र योजनाबारे प्रस्तुती गरे ।

jackson ribon