birat ribon

नेकपाले सभामुख छान्न नसक्दा संसद अनिर्णयको बन्दी

Neuro
नेकपाले सभामुख छान्न नसक्दा संसद अनिर्णयको बन्दी

काठमाडौं २० पुस । नेकपाभित्र सभामुखको विवाद अझै सुल्झिन सकेको छैन् । ४ पुसबाट सुरु भएको संसदको हिउँदे अधिवेशन नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा अनिश्चित बनेको छ ।

Padelux insider
cura insider

तर संसदलाई अनिर्णयको बन्दी बनाएर आन्तरिक बैठकमा जुटेको सत्तारुढ नेकपाले आइतबार पनि सभामुखमा सहमति जुटाउन सकेन । सभामुख कसलाई बनाउने भन्ने बारे प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीको बेग्ला बेग्लै अडानले सहमती हुन सकेको छैन् ।

पूर्व माओवादीबाट नै सभामुख हुनु पर्ने अध्यक्ष प्रचण्ड, सुवासचन्द्र नेम्बाङको पक्षमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली र उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु पर्ने अडानमा राष्ट्रपति विद्यादेवी भण्डारी छन् ।

पूर्वमाओवादीहरुको दबाबमा प्रचण्डले पूर्वमाओवादीले नै सभामुख पाउनु पर्ने अडान छोड्न सकेका छैनन् ।

आन्तरिक दबावका कारण प्रचण्ड र ओलीबीच कुरा नमिल्दा नेकपाभित्र सभामुखको टुंगो नलागेको हो । नेकपाले नाम टुंगो लगाउन नसक्दा संसदको बैठक पटक–पटक सर्दै आइरहेको छ ।

प्रचण्डले प्रधानमन्त्रीको दाबी छोडेको अवस्थामा पूर्वमाओवादीले जसरी भएपनि सभामुख पाउनु पर्ने उनीहरुको अडान छ ।

jackson ribon