birat ribon

अमेरिकी हवाई हमलापछि इरानी विदेशमन्त्रीलाई ब्रसेल्स भ्रमणको निमन्त्रणा

Neuro
अमेरिकी हवाई हमलापछि  इरानी विदेशमन्त्रीलाई ब्रसेल्स भ्रमणको निमन्त्रणा

ब्रसेल्स २० पुस । अमेरिकी हवाई आक्रमणमा इराकको राजधानीमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि खाडीमा देखिएको तनावका विषयमा छलफलका लागि यूरोपेली संघ (इयू) ले इरानका विदेश मन्त्रीलाई ब्रसेल्स भ्रमणका लागि निमन्त्रणा गरेको छ ।

Padelux insider
cura insider

इयूका विदेश नीति प्रमुख जोसेफ बोरेलले इरानी विदेश मन्त्री मोहम्मद जावेद जरिफलाई पछिल्लो विकसित घटनाबारे छलफलका लागि ब्रसेल्स आउन फोनमार्फत् आग्रह गरेका हुन् ।

इयूले जारी गरेको विज्ञप्तिमा बोरेलले इरान तथा खाडी क्षेत्रबारे छलफलका लागि इरानी विदेश मन्त्री जरिफलाई निमन्त्रणा गरेको उल्लेख छ ।

यसैबीच इरानले आइतबार नै २०१५ को आणविक सन्धिबाट पाँचौँ कदम पछाडि हटेको बताएको छ । अमेरिकाले बहुपक्षीय सम्झौताबाट हट्दै इरानमाथि प्रतिबन्ध लगाएको बदलामा इरानले पनि क्रमश आणविक सम्झौताबाट फिर्ता हुने जनाएको थियो ।

विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले देशका उच्च अधिकारी अमेरिकी आक्रमणमा इराकमा मृत्यु भएको दुई दिनपछि सम्झौताबाट फिर्ता हुने जनाएका हुन् ।

सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरूसँग इरानले गरेको सम्झौताबाट अमेरिका एकतर्फीरूपमा सन् २०१८ मा नै फिर्ता भएको थियो । इरानले पनि सम्झौताबाट अमेरिका फिर्ता भएको अवस्थामा यसलाई मानेर अघि बढ्न सम्भव नहुने बताउँदै आएको छ ।

इरानलाई सम्झौताका अन्य पक्षहरूले सम्झौताबाट पछि नहट्न आग्रह गर्दै आएका छन् ।

jackson ribon