birat ribon

राष्ट्रियसभा निर्वाचनका लागि ४५ जना उम्मेदवार

Neuro
राष्ट्रियसभा निर्वाचनका लागि ४५ जना उम्मेदवार

Padelux insider
cura insider

काठमाडौं २० पुस । राष्ट्रियसभा सदस्यको १८ पदका लागि ९ माघमा हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । निर्वाचनका लागि मुलुकका ७ वटै प्रदेशमा आइतबार भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले बताए ।

बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो । आगामी फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९, नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो । निर्वाचनबाट ७ जना महिला, २ जनादलित , २ जना अल्पसङ्ख्यक र ७ जना अन्य समूहबाट निर्वाचित हुने छन् ।

निर्वाचन आयोगका अनुसार, प्रदेश १ मा महिला, दलित र अन्य समूहका एक÷एक पदका लागि तीन÷तीनको उम्मेदवारी परेको छ । प्रदेश २ मा महिला, दलित, अल्पसङ्ख्यक र अन्य समूहका एक÷एक पदका लागि दुई÷दुई जनाले उम्मेवारी दर्ता गराए । प्रदेश ३ मा महिला र अन्य समूहका एक÷एक पदका लागि तीन÷तीनको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला र अन्य समूहका एक÷एक पदका लागि महिलातर्फ दुई र अन्य समूहतर्फ तीन जनाले उम्मेदवारी दर्ता गराए । प्रदेश ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य समूहका एक÷एक पदका लागि क्रमशः दुई, तीन र चार जनाको उम्मेदवारी परेको छ ।

कर्णाली प्रदेशमा रिक्त हुने महिला एक र अन्य समूहको एक पदका लागि दुई÷दुई जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश ७ मा महिला र अन्य समूहका एक÷एक पदका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ ।

५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । पदावधि सकिनेमध्ये एक सदस्य सरकारले मनोनित गर्ने छ । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।

jackson ribon