birat ribon

खाडीको अवस्थाबारे चीन र रुसी विदेशमन्त्रीबीच छलफल

Neuro
खाडीको अवस्थाबारे चीन र रुसी विदेशमन्त्रीबीच छलफल

मस्को २० पुस । अमेरिकी सेनाको कारवाहीमा इराकको राजधानी बग्दादको अन्तरर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा तनाव बढाएको बताइएको छ ।

Padelux insider
cura insider

यही विषयमा चीन र रुसका विदेशमन्त्रीबीच छलफल भएको छ । मध्यपूर्वको पछिल्लो अवस्थाबारे उनीहरुबीच छलफल भएको हो ।

अमेरिकी सेनाको विशेष कारवाहीमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएपछि समग्र खाडी क्षेत्रमा त्रास बढेको छ ।

घटनापछि अमेरिका र खाडी देशबीचको तनाव थप बढेको छ । अमेरिका र इरानले एक आपसमा आक्रमणका धम्की नै दिइरहेका पनि विभिन्न अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस आक्रमणपछि विकसित परिस्थितिका बारेमा चिनियाँ र रुसी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच फोनवार्ता भएको हो । उनीहरुबीच इरानी कमाण्डर मारिएपछि इराक र इरानसहित खाडी क्षेत्रमा देखा परिरहेको अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।

आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा पनि कुराकानी गरेको समाचारमा जनाइएको छ । मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बताएको छ ।

अमेरिकी आक्रमणपछि इरानका सर्वोच्च नेताले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यस घटनाको कडा रुपमा बदला लिने चेतावनी दिएपछि परिस्थिति झन तनावपूर्ण बन्दै गएको हो ।

इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल सुलेमानी मारिएपछि उहाँले अमेरिकाका विरुद्ध बदला लिने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले अमेरिकी नागरिक र उसको सम्पत्तिमाथि आक्रमण गरे इरानमाथि नै कडा हमला गर्ने चेतावनी दिएका छन् ।

jackson ribon