birat ribon

राष्ट्रिय सभा निर्वाचन : प्रदेश एकमा तीन दलका नौ उम्मेदवार

Neuro
राष्ट्रिय सभा निर्वाचन : प्रदेश एकमा तीन दलका नौ उम्मेदवार

रंगेली २० पुस । राष्ट्रिय सभाको निर्वाचनको लागि प्रदेश १ मा तीन दलले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार प्रदेश १ मा नेपाल कम्युष्टि पार्टी, नेपाली काग्रेस र समाजवादी पाटीले उम्मेदवारी दर्ता गराएका हुन् ।

Padelux insider
cura insider

नेपाल कम्युनिष्ट पार्टीले महिलातर्फबाट इन्दिरादेवी गौतमलाई उमेदवार बनाएको छ । इटहरी उपमहानगरपालिका–४ निवासी ६४ वर्षीया गौतमको प्रस्तावकमा यशोदा अधिकारी र समर्थकमा सावित्रा रेग्मी छन् । त्यसैगरी अर्को प्रस्तावक र समर्थकमा राजकुमार ओझा र धनमाया तामाङ रहेको छन् ।

नेपाली काग्रेसले धरानकी मीनापुलामी मगरलाई महिला उम्मेदवार बनाएको छ । धरानकी–१ की ६५ वर्षीया मगरका प्रस्तावकमा चन्द्रप्रसाद श्रेष्ठ र राजकुमार कामत रहेका छन् । समर्थकमा फूलकुमारी चौधरी र तिलक राई रहेका छन् ।

समाजवादी पाटीले महिला उम्मेदवारमा विराटनगरकी ३९ वर्षीया सदिना खातुनलाई बनाएको छ । उनका प्रस्तावक र समर्थकमा जयराम यादव र सालो साह रहेका छन् ।

नेकपाले दलितमा गोपीबहादुर सार्की अछामीलाई उम्मेदवार बनाएको छ । मोरङको सुन्दरहरैँचा –८ निवासी ४५ वर्षीय अछामी तत्कालीन माओवादी केन्द्र निकट हुन् ।

नेपाली काग्रेसको दलिततर्फ नीरबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । ३९ वर्षीय विश्वकर्मा पाँचथरका हुन् । उनको प्रस्तावक सूयर्माराज राई र नसिमा बानो छन् । समर्थकमा शिवनारायण गनगाईँ र बालचन्द्र माझी छन् ।

समाजवादी पार्टीले ज्ञानुकुमार परिवारलाई उम्मेदवार बनाएको छ । बुढिगंगा–३ का ४८ वर्षीय परियारका समर्थक र प्रस्तावकमा रामचन्द्र लिम्बू र कैलाशप्रसाद मण्डल रहेका छन् । समाजवादी पार्टीकै अन्यमा भरतराज दाहाललाई उम्मेदवार बनाएकाे छ । विराटनगर चार निवासी ५९ वर्षीय दाहालको प्रस्तावकमा राधा थापा र समर्थकमा महेन्द्र यादव रहेका छन् ।

अन्यतर्फको नेकपाले देवेद्र दाहाललाई उम्मेदवार बनाएको छ । दमक–५ का ६१ वर्षीय दाहालका पहिलो प्रस्तावक र सर्मथकमा राजमती इङनाम र सरला राई छन् । दोश्रो प्रस्तावक र समर्थकमा ज्ञानेश्वर राजवंशी र ज्ञानेन्द्र सुवेदी रहेका छन् ।

नेपाली काग्रेसले अन्यमा राजेन्द्रकुमार घिमिरेलाई उम्मेदवार बनाएको छ । भद्रपुर–८ का ५८ वर्षीय दाहालको समर्थक र प्रस्तावकमा भीम पराजुली र इन्दिरा कार्की रहेका छन् ।

jackson ribon