birat ribon

मलाई मिलानको मैदानमा ७० हजार समर्थक चाहिन्छ, नत्र म खेल्दिनँ : ज्लाटन

Neuro
मलाई मिलानको मैदानमा ७० हजार समर्थक चाहिन्छ, नत्र म खेल्दिनँ : ज्लाटन

एजेन्सी, २० पुस । इटालियन क्लब एसी मिलानले सिरी ‘ए’ अन्तर्गत आज साम्पोडोरियासँग खेल्दैछ । मिलानकै मैदानमा राति ७ः४५ बजे हुने उक्त खेलबाट स्वीडेनका स्टार ज्लाटन इब्राहिमोभिचले पनि खेल्न सक्नेछन् ।

Padelux insider
cura insider

केही दिनअघि मात्र एसी मिलानमा अनुबन्ध भएका उनले आजको खेलबाट पुनः एसी मिलानबाट खेल्न सक्ने जनाइएको छ । यस्तैमा ज्लाटनले आफूलाई मिलानको मैदानमा ७० हजार समर्थक चाहिने बताएका छन् । ७० हजार फ्यान भए मात्र खेल्ने अन्यथा नखेल्ने ज्लाटनले बताएका हुन् ।

‘सान सिरो (एसी मिलानको घरेलु मैदान)मा कति समर्थकको अपेक्षा गरिएको छ ? ६० हजार ?’, उनले ठट्टा गर्दै कोरिर्रे डेल्ला सेरासँग भने, ‘मलाई कम्तिमा ७० हजार फ्यान चाहिन्छ । अन्यथा म खेल्दिनँ ।’

 केही समयअघि एलए ग्यालेक्सीबाट बिदा लिएका ३८ वर्षीय इब्राहिमोभिक आठ वर्षपछि फेरि मिलान फर्किएका हुन् । हाल एसी मिलान लिगको ११औं स्थानमा छ । उसले १७ खेलबाट २१ अंक बनाएको छ ।

jackson ribon