birat ribon

नयाँ वर्षमा प्रदीप, स्वस्तिमा र सौगात भिड्ने

Neuro
नयाँ वर्षमा प्रदीप, स्वस्तिमा र सौगात भिड्ने

विराटनगर, २० पुस । दसैं, तिहार, नयाँ वर्ष वा बिदाको समयहरू फिल्म प्रदर्शनका लागि उपयुक्त मानिन्छ । बिदाको समयमा फिल्म प्रदर्शन गर्दा दर्शकको राम्रो साथ पाइने मान्यताले गर्दा नै त्यसैले वर्षौँदेखि चाडपर्व तथा नयाँ वर्षको छेको पारेर फिल्महरू प्रदर्शनमा ल्याउने चलनले नयाँ वर्षमा दुईदेखि बेसी फिल्महरूबीच भिडन्त हुँदै आएको छ ।

Padelux insider
cura insider
aaa

गएको नयाँ वर्षमा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ बीच भिडन्त भएको थियो भने यस वर्षको अन्तिममा पनि तीन फिल्म भिड्ने पक्का भएका छन् । नयाँ वर्षको छेको पारेर चैत २८ गतेलाई अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको बहुप्रतीक्षित फिल्म ‘प्रेमगीत ३’को प्रदर्शन मिति छायांकन हुनुअगावै घोषणा गरिएको थियो ।

asf

त्यस्तै, छायांकनको क्रममा अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘चपली हाइट ३’ ले पनि चैत ८ गतेलाई प्रदर्शन मिति घोषणा गरेका थिए । यी दुई फिल्मको भिडन्तको चर्चाले फिल्मी क्षेत्रमा तहल्का मचिरहेको बेलामा यो मितिमा फेरि एक फिल्म थपिएको छ ।

गोपीकृष्ण मुभिजले निर्माण गर्न लागेको अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि श्रेष्ठको फिल्म ‘माइकल अधिकारी’ ले पनि प्रदर्शनका लागि चैत १८ नै रोजेको छ । सेरोगेसी (भाडाको कोख) को कथामा निर्माण हुन लागेको ‘माइकल अधिकारी’ लाई चैत २८ गते प्रदर्शन गर्न लागिएको वितरक करण क्रेजीले बताएका हुन् ।

प्रदर्शन मिति घोषणा गरिएको फिल्मको छायांकन भने भएको छैन । फिल्मको छायांकन माघको पहिलो साताबाट सुरु हुने भएको छ । छायांकन सुरु भएको साढे दुई महिनामा ‘माइकल अधिकारी’ प्रदर्शनमा आउनेमा शंका छ । बक्स अफिसमा यी तीन फिल्मको भिडन्त हुने पक्का भएको हुँदा ‘प्रेमगीत ३’ को डरले फिल्मले प्रदर्शन मिति सार्ने सम्भावना देखिन्छ ।

jackson ribon