birat ribon

‘कमाण्डर’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Neuro
‘कमाण्डर’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २० पुस । निर्माण भएको लामो समयपछि प्रदर्शन हुन लागेको फिल्म ‘कमाण्डर’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलर एक्सनले भरिएको देख्न सकिन्छ भने ट्रेलरमा फिल्मका मुख्य अभिनेता अनुपविक्रम शाही र भिलेन रोविन तामाङको एक्सन देखाइएको छ ।

Padelux insider
cura insider

एलआर विवेक सापकोटाको निर्देशन, लेखनतथा निर्माणमा तयार भएको फिल्म यही माघ १० गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्ममा अनुप प्रहरी अफिसरको भूमिकामा छन् भने, रोविन तस्करको भूमिकामा रहेका छन् । यी दुईका साथै फिल्ममा नवनायिका सगुन थापा, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐरलगायतका कलाकारहरूको अभिनय छ ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सहनिर्मातामा सावनजंग राना हुन् । ‘कमाण्डर’ भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलिबेटी बेचबिखनलगायतका समसामयिक विषयमा केन्द्रित रहेको र फिल्म निकै राम्रो बनेको निर्देशक सापकोटाले बताए । दिब्य सुवेदीको छायांकन रहेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत रहेको छ ।

jackson ribon