birat ribon

साइकल चलाउने पुरुषको जोखिमभन्दा फाइदा धेरै

Neuro
साइकल चलाउने पुरुषको जोखिमभन्दा फाइदा धेरै

विराटनगर, २० पुस । साइकल चढ्नाले पुरुषको यौन स्वास्थ्य वा मूत्र प्रणालीमा जोखिमभन्दा धेरै गुणा बढी फाइदा भएको एक अध्ययनले पत्ता लगाएको छ । अनुसन्धानकर्ताहरूले साइकल चढ्ने पुरुषहरूको दौड र पौडी खेल्ने पुरुषहरूसँग यौन र मुत्र स्वास्थ्यमा तुलना गर्दा सबैमा उस्तै निष्कर्ष पाएका थिए ।

Padelux insider
cura insider

यसअघि गरिएका अध्ययनहरूले भने साइकल चढ्नाले पुरुषहरूको यौन स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने निष्कर्ष निकालेको अध्ययनकर्ताहरूले बताएका थिए । तर, जर्नल अफ युरोलोजीमा प्रकाशित भएको अनुसन्धानका अनुसार पुराना अध्ययनहरू स–साना समूहमा गरेकोले नकारात्मक असर गर्ने निष्कर्ष निकालेको थियो जुन गलत हो ।

युके, अमेरिका, क्यानाडा, अष्ट्रेलिया र न्यूजिल्याण्डका २ हजार ७ सय ७४ साइकल चढ्ने, ५ सय ३९ पौडी खेलाडी र ७ सय ८९ कुद्ने खेलाडीहरूलाई सहभागी गराएर गरिएको नयाँ अध्ययनमा तीनै समूहका पुरुषको यौन स्वास्थ्य र मूत्र प्रणालीबारे विभिन्न प्रश्नहरू सोधिएको थियो भने उनीहरूको यौन स्वास्थ्य र मुत्र प्रणाली तुलनायोग्य पाइएको हो ।

साथै, केही साइकल चढ्ने पुरुषहरूमा चाहिँ मूत्र नली खुम्चिन सक्ने जोखिम पाइएको थियो । अध्ययनका अनुसार रमाइलोको लागि साइकल चढ्ने र दैनिक धेरै समय साइकल चढ्ने पुरुषहरूकोबीच धेरै फरक भने पाइएको थिएन । दुई वर्षभन्दा लामो समयदेखि साइकल चढ्ने पुरुष, प्रतिदिन २५ माइलका दरले हप्तामा तीन दिन साइकल चढ्ने पुरुष र कहिलेकाहीं मात्र साइकल चढ्ने पुरुषमा तुलना गरेर निष्कर्ष निकालिएको हो ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाको युरोलोजी विभागका प्रमुख अन्सन्धानकर्ता बेन्जमिन ब्रेयरका अनुसार साइकल चढ्नाले मुटुको स्वास्थ्यलाई धेरै फाइदा पुग्नुका साथै हाड जोर्नीमा निकै कम असर पार्छ । सुरक्षित तरिकाले साइकल चलाउनेलाई जोखिमभन्दा धेरै गुणा बढी फाइदा पुग्ने उनी बताउँछन् ।

लामो समयसम्म बसेर साइकल चलाउनेहरूलाई केही अप्ठ्यारो महशूस हुन सकेपनि २० प्रतिशतभन्दा बढी समय उठेर साइकल चलाउनेहरूमा त्यस्तो समस्या निकै कम पाइएको छ ।

jackson ribon