birat ribon

‘भिडाल बार्सिलोनामै रहने’

Neuro
‘भिडाल बार्सिलोनामै रहने’

एजेन्सी, २० पुस । पछिल्लो समय बार्सिलोनाका मिडफिल्डर अर्टुरो भिडालले क्लब छोड्ने चर्चा छ । उनलाई इटालियन क्लब इन्टर मिलानले भित्र्याउन चाहेको बताइएको छ । तर, बार्सिलोनाका स्टार लुइस स्वारेजले भिडाल क्लबमै रहनेमा आफू विश्वस्त भएको बताएको छन् ।

Padelux insider
cura insider
ad

इस्पान्योलसँगको खेलपछि पत्रकारसँग बोल्दै स्वारेजले भिडाल बार्सिलोनाबाट अन्त कतै नजानेमा आफू विश्वस्त रहेको बताएका हुन् । इस्पान्योलविरुद्ध स्वारेज र भिडालले समान एक–एक गोल गरेका थिए ।

शनिबार राति भएको खेलमा इस्पान्योलसँग २–२ गोलको बराबरीमा रोकिँदा स्वारेजले ५०औं मिनेटमा तथा भिडालले ५९औं मिनेटमा गोल गरेका थिए । इस्पान्योलको घरेलु मैदानमा भएको उक्त खेलपछि पत्रकारसँग बोल्दै स्वारेजले भने, ‘भिडाल एक आज मैदानमा राम्ररी प्रस्तुत भए । उनले एक व्यवसायीक व्यवहार देखाए र उनले बार्सिलोनाका लागि धेरै कुरा दिए ।’

‘भिडालमाथि इन्टरको नजर ?’, उनले भने, ‘संख्याले भन्छ कि उनले थोरै खेलेका छन् । तर, उनले बार्सिलोनाका लागि धेरै योगदान गरेका छन् । टिमका लागि धेरै गरेका छन् । हो, उनीमाथि धेरै क्लबले नजर लगाएका होलान् तर, मलाई आशा छ कि उनी यहीँ बस्नेछन् ।’

jackson ribon