birat ribon

आज जन्मदिन मनाउँदै दीपिका पादूकोण, पुगिन् ३४ वर्ष

Neuro
आज जन्मदिन मनाउँदै दीपिका पादूकोण, पुगिन् ३४ वर्ष

विराटनगर, २० पुस । बलिउड नायिका दीपिका पादूकोण आजबाट ३४ वर्षमा प्रवेश गरेकी छन् । सन् १९८६ जनवरी ५ मा उनी डेनमार्कको कोपेनहेगनमा जन्मिएकी दीपिकाको आज जन्मदिन रहेको छ ।

Padelux insider
cura insider

दीपिका फिल्ममा आउनुभन्दा अगाडि ब्याडमिन्टन खेलाडी थिइन् । दीपिकाले फिल्ममा आउनुअगाडि म्यूजिक भिडियोमा समेत काम गरेकी थिइन् । सन् २००७ मा रिलिज भएको फिल्म ‘ओम शान्ती ओम’बाट अभिनेता शाहरुख खान संग दीपिकाको बलिउड यात्रा सुरु भएको हो । फिल्म बक्स अफिसमा हिट हुनुका साथै दीपिकाको कामको तारिफ पनि भयो ।

त्यसपछि दीपिकाले ‘लभ आजकल’, ‘कार्तिक कलिंग कार्तिक’, ‘लफङगे परिन्दे’, ‘ब्रेक के बाद’, ‘खेलेंगे हम जीजान से’, ‘आरक्षण’, ‘देशी ब्वाइज’, ‘कक्टेल’, ‘रेस २’, ‘येह जवानी हे दिवानी’, ‘चेन्नाई एक्सप्रेस’, ‘राम लीला’, ‘पिकु’, ‘फाइन्डिङ्ग फन्नी’, ‘बजिराव मस्तानी’ र ‘पद्मावत’ जस्ता फिल्महरूमा अभिनय गरिसकेकी छन् ।

दीपिकाले हलिउड फिल्मसमेत गरेकी छन् । दीपिकालाई सावरिया, जब तक हे जान, धुम ३ जस्ता फिल्महरू पनि अफर गरिएको थियो । तर, उनले यी फिल्महरू गर्न पाइनन् । दीपिकाले अभिनेता रणवीर सिंहसँग गत वर्ष विवाह गरेकी हुन् । दीपिका र रणवीर करिब ६ वर्षभन्दा बढी समय प्रेम सम्बन्धमा थिए । दीपिका अहिले फिल्मको निर्मात्रीसमेत बनिसकेकी छन् ।

दीपिकाले अभिनय तथा निर्माण गरेको चलचित्र ‘छपाक’ आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ ।

jackson ribon