birat ribon

जब पीकेलाई शाकिराको नाम लिँदै गाली गरियो…

Neuro
जब पीकेलाई शाकिराको नाम लिँदै गाली गरियो…

एजेन्सी, २० पुस । स्पेनिस ला लिगाअन्तर्गत साविकको विजेता बार्सिलोना बराबरीमा रोकियो । शनिबार राति भएको खेलमा ऊ इस्पान्योलसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

Padelux insider
cura insider

इस्पान्योलको घरेलु मैदानमा भएको उक्त खेलपछि इस्पान्योलका समर्थक बार्सिलोनाका स्टार खेलाडी जेरार्ड पीकेमाथि खनिएका छन् । इस्प्यान्योलविरुद्धको खेलका क्रममा पीकेलाई उक्त क्लबका समर्थहरूले गलत शब्दहरू प्रयोग गरेका थिए ।

घरेलु समर्थकहरूले पीकेलाई उनकी श्रीमती शाकिरा र छोराको नाम लिँदै गाली गरे । पीकेले आफूमाथि गाली गरेको संकेत रेफ्रीलाई दिएतापनि इस्पान्योलका समर्थक रोकिएनन् । यस्तै खेलको दौरान घरेलु समर्थहरूलाई कुनै कारवाही भएन ।

सो खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । उसका लागि खेलको २३औं मिनेटमा डेभिड लोपेजले गोल गर्दै पहिलो हाफभरि १–० गोलको अग्रता दिलाए । यस्तै खेलको ५०औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ५९औं मिनेटमा अर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता बनाए ।

त्यसपछि खेलको ७५औं मिनेटमा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । फ्रेन्की डी योङले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित बन्न पुग्यो । खेलको ८८औं मिनेटमा इस्पान्योलका वु लेइले गोल गर्दै खेल बराबरीमा ल्याए । र, खेल २–२ गोलको बराबरीमा रोकियो ।

यससँगै बार्सिलोनाले १९ खेलबाट ४० अंक बनायो । दोस्रो स्थानको रियल मड्रिडले पनि समान खेलबाट ४० अंक बनाएको छ । ऊ गोलान्तरको आधारमा दोस्रो स्थानमा छ ।

jackson ribon