birat ribon

पुछारको टोलीसँग बराबरीमा रोकियो बार्सिलोना, डी योङलाई रातो कार्ड

Neuro
पुछारको टोलीसँग बराबरीमा रोकियो बार्सिलोना, डी योङलाई रातो कार्ड

विराटनगर, २० पुस । स्पेनिस ला लिगाअन्तर्गत साविकको विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना इस्पान्योलसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

Padelux insider
cura insider

इस्पान्योलको मैदानमा भएको उक्त खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । उसका लागि खेलको २३औं मिनेटमा डेभिड लोपेजले गोल गर्दै पहिलो हाफभरि १–० गोलको अग्रता दिलाए ।

यस्तै खेलको ५०औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ५९औं मिनेटमा अर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता बनाए । त्यसपछि खेलको ७५औं मिनेटमा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । फ्रेन्की डी योङले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित बन्न पुग्यो ।

खेलको ८८औं मिनेटमा इस्पान्योलका वु लेइले गोल गर्दै खेल बराबरीमा ल्याए । र, खेल २–२ गोलको बराबरीमा रोकियो । यससँगै बार्सिलोनाले १९ खेलबाट ४० अंक बनायो । दोस्रो स्थानको रियल मड्रिडले पनि समान खेलबाट ४० अंक बनाएको छ । ऊ गोलान्तरको आधारमा दोस्रो स्थानमा छ ।

शनिबार राति नै भएको अर्को खेलमा रियलले गेटाफेविरुद्ध ३–० गोलको जित निकालेको थियो । गेटाफेकै मैदानमा भएको उक्त खेलमा रियललाई जिताउन राफेल भरानेले २ गोल गरे भने लुका मोड्रिकले एक गोल गरेका थिए ।

jackson ribon