birat ribon

रियल मड्रिडको जित, बार्सिलोनासँग अंक बराबरी

Neuro
रियल मड्रिडको जित, बार्सिलोनासँग अंक बराबरी

विराटनगर, २० पुस । स्पेनिस ला लिगामा रियल मड्रिडले ११औं जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले गेटाफेविरुद्ध ३–० गोलको जित निकालेको हो ।

Padelux insider
cura insider

गेटाफेकै मैदानमा भएको उक्त खेलमा रियललाई जिताउन राफेल भरानेले २ गोल गरे भने लुका मोड्रिकले एक गोल गरे । रियलले खेलको ३४औं मिनेटमा भरानेको गोलमा अग्रता बनाएको थियो ।

यस्तै खेलको ५३औं मिनेटमा भरानले दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । खेलको इन्जुरी समय मोड्रिकले गोल गर्दै रियललाई ३–० गोलको जित दिलाए ।

यससँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । समान १९ खेल खेलेका रियल र बार्सिलोनासँग समान ४० अंक छ । गोलान्तरको आधारमा रियल दोस्रो स्थानमा छ ।

jackson ribon