birat ribon

झापामा दुर्घटना हुँदा दुईजनाको मृत्यु

Neuro
झापामा दुर्घटना हुँदा दुईजनाको मृत्यु

दमक २० पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

गएराति भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा अटोरिक्सा चालकसहित दुई जनाको मृत्यु भएको हो। भारतीय नम्बरप्लेट बि आर ०७ जि एच ८७८८ नम्बरको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दमक ९ स्थित क्याम्पस मोडमा मे १ ह ४९१९ नम्बरको अटोरिक्सालाई ट्रकले ठक्कर दिँदा दमक नगरपालिका ९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का पहिचान खुल्न नसकेका एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका तीन जनाको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अटो रिक्सालाई ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

jackson ribon