birat ribon

राष्ट्रियसभा निर्वाचन : उम्मेद्वारी दर्ता आज

Neuro
राष्ट्रियसभा निर्वाचन : उम्मेद्वारी दर्ता आज

काठमाडौं २० पुस । ९ माघमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेद्वारी मनोनयको समय तोकिएको जनाएको छ ।

Padelux insider
cura insider

निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भएका कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्नु पर्ने छ । मनोनयन दर्ताको लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिदै छ । १८ जना निर्वाचित र एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिने छ ।

jackson ribon