birat ribon

हाँसो : रोगको प्राकृतिक औषधि

Neuro
हाँसो : रोगको प्राकृतिक औषधि

Padelux insider
cura insider

विराटनगर २० पुस । शरीरविज्ञानका अनुसार हाँसो एक शारीरिक प्रतिक्रिया या प्रस्तुति हो । मानसिक रूपमा कुनै ‘स्टिमुलस’ वा ‘इनपुट’ हुँदा (केहि राम्रो कुरा देख्दा, सुन्दा वा समझदा) हाँसो आउने गर्छ ।

मस्तिष्कको अग्रभागमा अवस्थित फ्रोन्टल लोबको विशेष स्थान तरंगित भइ स्नायुहरूको मद्दतले हाम्रो मुहारमा रहेका कबिर १२ प्रकारका मांसपेशी, फोक्सोभन्दा मुनि अवस्थित ‘डायफ्राम’ लगायत पेटका अन्य मांसपेशीसमेत खुम्चिन तथा प्रतिक्रियात्मक हुदाँ हाम्रो मुहारमा हाँसो देखिन्छ ।

हँसिलो मुहार भएको मानिसले सजिलै अरूको मन जित्न सक्छ र छिट्टै सबैको प्यारो पनि हुन सक्छन् । जीवन सफल बनाउनका निम्ति जस्तोसुकै परिस्थितिमा पनि मुस्कुराउन सक्नु र सिक्नु पर्छ । हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसलाई तनाव तथा विभिन्न स्वास्थ्य समस्याको प्राकृतिक औषधि सरह पनि मानिन्छ । हाँस्नु भनेको अवाज निकालेर हल्ला गर्ने नभई खुसी रहनुले विशेष अर्थ राख्छ ।

हाँस्दा शरीरका अंगहरू सक्रिय भइ शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ । खुलेर हाँस्दा शरीरमा रक्तप्रवाह पनि राम्ररी हुन्छ जसकारण शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको ढुकढुकीलाई ठीक राखी प्रेसरलाई नियन्त्रणमा ल्याउन मद्दत गर्छ । खुलेर हाँस्दा पीडा, चिन्ता दूर गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन । दिल खोलेर हस्नाले मानसिक तनाव कम पनि कम हुन्छ ।

तनावकै कारण शरीरमा विभिन्न शारीरिक तथा मानसिक समस्याहरू निम्तिने हुदा स्वास्थ्य रहन हाँस्न जरुरी छ । कठिन परिस्थितिमा समेत हाँस्न सक्नु स्वस्थ रहने सरल उपाय हो । अनिद्राको समस्या हटाउन पनि हाँसोले मद्दत गर्छ ।मुस्कुराउने वा नरम हाँसोका साथ बोल्दा परिवारमा झै( झगडा कम हुने र एक अर्कासँगको सम्बन्ध सुमधुर बनाउने एक अनुसन्धानले प्रमाणित गरिसकेको छ ।

शरीरविज्ञानका अनुसार हाँसो एक शारीरिक प्रतिक्रिया या प्रस्तुति हो । मानसिक रूपमा कुनै ‘स्टिमुलस’ वा ‘इनपुट’ मिल्छ (केहि राम्रो कुरा देख्दा, सुन्दा वा समझदा) सर्वप्रथम मस्तिष्कको अग्रभागमा अवस्थित फ्रोन्टल लोबको विशेष स्थान तरंगित भइ स्नायुहरूको मद्दतले हाम्रो मुहारमा रहेका कबिर १२ प्रकारका मांसपेशी, फोक्सोभन्दा मुनि अवस्थित ‘डायफ्राम’ लगायत पेटका अन्य मांसपेशीसमेत खुम्चिन तथा प्रतिक्रियात्मक हुन पुगी मुखको सहायताले हामी हस्छौँ ।

हँसिलो मुहार भएको मानिसले सजिलै अरूको मन जित्न सक्छ र छिट्टै सबैको प्यारो पनि हुन सक्छन् । जीवन सफल बनाउनका निम्ति जस्तोसुकै परिस्थितिमा पनि मुस्कुराउन सक्नु र सिक्नु पर्छ । हाँस्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । यसलाई तनाव तथा विभिन्न स्वास्थ्य समस्याको प्राकृतिक औषधि सरह पनि मानिन्छ । हाँस्नु भनेको अवाज निकालेर हल्ला गर्ने नभई खुसी रहनुले विशेष अर्थ राख्छ ।

हाँस्दा शरीरका अंगहरू सक्रिय भइ शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ । खुलेर हाँस्दा शरीरमा रक्तप्रवाह पनि राम्ररी हुन्छ जसकारण शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको ढुकढुकीलाई ठीक राखी प्रेसरलाई नियन्त्रणमा ल्याउन मद्दत गर्छ । खुलेर हाँस्दा पीडा, चिन्ता दूर गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन । दिल खोलेर हस्नाले मानसिक तनाव कम पनि कम हुन्छ ।

तनावकै कारण शरीरमा विभिन्न शारीरिक तथा मानसिक समस्याहरू निम्तिने हुदा स्वास्थ्य रहन हाँस्न जरुरी छ । कठिन परिस्थितिमा समेत हाँस्न सक्नु स्वस्थ रहने सरल उपाय हो ।

अनिद्राको समस्या हटाउन पनि हाँसोले मद्दत गर्छ ।मुस्कुराउने वा नरम हाँसोका साथ बोल्दा परिवारमा झै- झगडा कम हुने र एक अर्कासँगको सम्बन्ध सुमधुर बनाउने एक अनुसन्धानले प्रमाणित गरिसकेको छ ।

jackson ribon