birat ribon

पत्रपत्रिकामा देश : ७ विश्वविद्यालय अस्तव्यस्त

Neuro
पत्रपत्रिकामा देश : ७ विश्वविद्यालय अस्तव्यस्त

विराटनगर २० पुस । सत्तारुढ नेकपाभित्र भागबण्डा नमिल्दा ६ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रकृया ढिलाई भएको कान्तिपुर दैनिकले खबर छापेको छ ।

Padelux insider
cura insider

ती विश्वविद्यालयहरु ४ महिनादेखि काम चलाउ उपकुलपतिको भरमा छन् । नेकपाको शिर्ष नेतृत्वमा भागवण्डा नमिल्दा उपकुलपतिको नाम सिफारिस समितिसमेत कामविहीन बनेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको लागि ३ जनाको नाम सिफारिस गरिएकोमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल हुन बाँकी रहेको भन्दै फिर्ता पठाइदिए ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको नाम फिर्ता पठाएपछि शिक्षामन्त्री गिरीराजमणि पोखरेल संयोजक रहेको समितिले अन्य विश्वविद्यालयका लागि नाम छनोट र सिफारिस नै गरेको छैन् ।

पोखरा, पूर्वाञ्चल, संस्कृत, कृषि तथा वन विज्ञान, सुदुरपश्चिम, मध्यपश्चिम विश्वविद्यालय अहिले उपकुलपतिविहीन छन् । प्राय विश्वविद्यालयमा अहिले तालाबन्दी जारी रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

नागरिक दैनिकमा ‘उच्च भूभागमा जताततै हिउँ, चिसोले जनजीवन कष्टकर’ शिर्षकमा मुख्य समाचार छापेको छ । हिमपातसँगै भएको वर्षातले जनजीवन कष्टकर बनाएपछि किसानहरु भने खेतीपाती सप्रिने भन्दै दंग छन् ।

पटक पटक भएको हिमपताले हिमाली र उच्च पहाडी क्षेत्रमा जनजीवन कष्टकर बनेको हो । सोलुखुम्बुमा हिमपातले यातायात सेवा समेत अवरोध भएको छ ।

‘नयाँ पत्रिका दैनिकले सूचना प्रविधि कानूनले तपाईंलाई के असर गर्छ ?’ शिर्षकमा मुख्य समाचार छापेको छ ।

सूचना प्रविधि विधेयकमा सरकारले दुई धारे तरबार सोज्झ्याएको छ । साइबर अपराध नियन्त्रण गर्न र सामाजिक सञ्जाललाई मर्यादित बनाउन सरकारले संसद्मा लगेको कानूनले प्रतिष्ठा रक्षा गर्ने कि हस्तक्षेप गर्ने भन्ने विषयमा समाचार रहेको छ ।

jackson ribon