काठमाडौं १९ पुस । आइतबारबाट देशभर मौसममा सुधार आउने भएको छ । पश्चिमी वायु कमजोर हुँदै गएकाले ठूलो पानी पर्ने र हिमपात हुने क्रम रोकिने मौसमविद्हरुले बताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईको मौसमसमेत आइतबारदेखि सुधार हुने छ ।
शनिबार रातिपनि पहाडी तथा हिमाली क्षेत्रमा हिमापात हुने सम्भावना रहेको छ ।
फेरि अर्काे पश्चिमी वायू नेपाल आउने क्रममा रहेको कारण पूर्ण रुपमा भने मौसममा सुधार नआउने मौसमविद्हरुले बताए ।
पूर्णरुपमा मौसममा सुधार आउन भने अझ केही दिन पर्खनु पर्ने छ ।