visit-nepal

इन्टरनेट एडिक्सन : छोराछोरी भन्दा पहिले अभिभावक सुध्रिन जरुरी

विराटनगर १९ पुस । अहिले इन्टरनेट एडिक्सनको विषयमा धेरै नै चर्चा हुने गरेको छ ।

छोराछोरीले मोबाइल चलाएर हैरान लगाएको अथवा दिनभर इन्टरनेटमै झुम्मिएको भन्ने गुनासोहरु दिनदिनै सुन्ने गरिन्छ । तर यसको ठिक उल्टो छोराछोरी भन्दा आमाबुबा नै इन्टरनेटको लतबाट सुध्रिन आवश्यक रहेको अनुसन्धानले देखाएको छ ।

छोराछोरीलाई इन्टरनेटको प्रयोगमा नियन्त्रण गर्न सकेपनि आफूलाई भने नियन्त्रण गर्न नसकेको अध्ययनहरुले देखाएको छ । नयाँ अध्ययन अनुसार ५० प्रतिशत अभिभावकले इन्टरनेटको लतबाट बालबालिकालाई टाढै राखेको बताए । तर ७० प्रतिशत अभिभावकले आफूलाई नै नियन्त्रण गर्न नसकेको बताए ।

यो खोज विश्वभरीका आमाबुबामा गरिएको थियो । इन्टरनेटको एडिक्सनको विषयमा गरिएको यो खोजमा बच्चालाई मोबाइल तथा इन्टरनेटको विषयमा प्रवचन दिने आमाबुबा मध्ये ७० प्रतिशतले भने आफूलाई नै इन्टरनेट र मोबाइल चलाउनलाई नियन्त्रण गर्न सकेका छैनन् ।

शोधका अनुसार ७२ प्रतिशत अभिभावकले इन्टरनेटको कारण सम्बन्ध बिग्रिने खतरा रहेको स्वीकार गरे । मोबाइलको लतले बालबालिकाहरुको अभिभावकप्रति सम्बन्ध राम्रो नभएको शोधले जनाएको छ ।

तर आमाबुबाले पहिले आफूलाई सुधार्नु पर्ने र सन्तानलाई समेत इन्टरनेटको एडिक्सनबाट जोगाउनु पर्ने शोधले देखाएको छ ।

Loading...