birat ribon

राष्ट्रिय सभा निर्वाचन : आइतबार उम्मेद्वारी दर्ता

Neuro
राष्ट्रिय सभा निर्वाचन : आइतबार उम्मेद्वारी दर्ता

काठमाडौं १९ पुस । राष्ट्रियसभा सदस्यको ९ माघमा हुने निर्वाचनका लागि भोलि २० गते आइतबार उम्मेदवारी दर्ता गरिने छ ।

Padelux insider
cura insider

निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गराइसक्नु पर्ने छ ।

राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको लागि निर्वाचन हुने छ । एक जना सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनित गर्ने छिन् । राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ ।

राष्ट्रियसभाको सदस्यको पदावधि सकिन ३५ दिन बाँकी रहदै निर्वाचन गरि सक्नु पर्ने कानूनी व्यवस्था अनुसार ९ माघमा निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।

फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९, नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना सदस्य छन्। राष्ट्रियसभा सदस्यका लागि गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्यले मतदान गर्ने छन् ।

jackson ribon