birat ribon

कांग्रेसले राष्ट्रियसभाका उम्मेद्वारको टुंगो लगायो

Neuro
कांग्रेसले राष्ट्रियसभाका उम्मेद्वारको टुंगो लगायो

काठमाडौं १९ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभाका उम्मेदवारहरुको नाम टुंग्याएको छ ।

Padelux insider
cura insider

शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका १६ जना उम्मेदवारहरुको नाम टुंग्याएको हो ।

राष्ट्रिय सभाको लागि प्रदेश १ बाट दलितमा निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यमा राजेन्द्र घिमिरे, प्रदेश २ का लागि महिलामा नगिना यादव र अल्पसंख्यक अपाङ्गताको कोटामा भोला पन्जियारले टिकट पाए । दलित र अन्य पदमा भने कांग्रेसलेसमाजवादी पार्टीलाई सघाउने बताएको छ ।

प्रदेश ३ मा महिलाबाट छलीकुमारी शर्मा उपाध्याय र अन्यमा हरिशरण श्रेष्ठ, गण्डकी प्रदेशबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश ५ बाट अन्यमा बालकृष्ण पाण्डे, महिलामा गिरिजा न्यौपाने र अल्पसंख्यंक अपांगता कोटामा मेराज हलवाई उम्मेदवार बन्ने भएका छन् ।

९ माघमा हुने निर्वाचनको लागि कर्णाली प्रदेशमा सावित्री पौडेल र अन्यबाट डिल्लीराम पाठक उम्मेदवार बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश महिलाबाट तुलसी देवकोटा र अन्यबाट प्रताप ठगुन्नालाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसले जनाएको छ ।

jackson ribon