birat ribon

जापानले माग्यो नर्सिङ केयर गिभर

Neuro
जापानले माग्यो नर्सिङ केयर गिभर

काठमाडौं १९ पुस । जापानले नर्सिङ केयर गिभरमा जान चाहनेहरुकोलागि २३ सय जनालाई परिक्षा लिने भएको छ । यसकालागि नेपालमा भाषा परीक्षा पास गर्नु पर्ने हुन्छ ।

Padelux insider
cura insider

नर्सिङ केयर गिभरका लागि भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउण्डेशनले जनवरी र मार्चमा गरी २३ सय जनाको लागि भाषा परीक्षा लिने जनाएको छ ।

पहिलो चरणमा जनबरीमा १ हजार र दोश्रो चरणमा मार्चमा १३ सय जनाको लागि परीक्षा हुने छ । परीक्षाको लागि जापान फाउण्डेशनले केयर गिभरमा जान इच्छुकहरुसँग आवेदन माग गरेको छ ।

काठमाडौंको डिल्ली बजारमा रहेको युनिभर्सल ल्याङ्ग्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा भाषा परीक्षा ७, ८, १४–१६, २१–२३, २८ र २९ जनबरी तथा ३–५, ९–११, १२, १५–१९ मार्चमा हुने छ ।

कम्प्युटरमा आधारित परीक्षण (सीबीटी) टाइप, मार्क टाइप, राइटिङ टाइप र स्किल टाइप तोकिएको छ । परीक्षाको विषयमा शब्दार्थ र लेखनशैली, कन्भेक्सनल र एक्स्प्रेसन तथा रिडिङ एण्ड लिस्निङ कम्प्रिहेन्सनलाई राखिएको छ ।

२ सय ५० पूर्णांकको यस परीक्षामा दुई सय अंक ल्याउने परीक्षार्थी उत्तीर्ण हुने छन् । जापानी भाषामा ए टू तह उत्तीर्णले आवेदन दिन पाउने छन् । यस्तै नेपाली नागरिक रहेको पहिचान खुल्ने परिचय पत्र समेत आवश्यक हुन्छ । बोलीचालीको सामान्य जापानी भाषा बोल्न र बुझ्न सक्ने न्यूनतम योग्यता हुनुपर्ने छ ।

गत अक्टोबरमा भएको भाषा परीक्षामा १३ हजार जनाले आवेदन दिएको तथा गोला प्रथाबाट छनोट गरिएका १ हजार जनामध्ये कोही पनि उत्तीर्ण नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

jackson ribon