birat ribon

बेपत्ता भएको एक महिनापछि मन्दिराको शव फेला

Neuro
बेपत्ता भएको एक महिनापछि मन्दिराको शव फेला

तेह्रथुम १९ पुस । प्रेमीले हत्या गरी फ्यालेको अवस्थामा तेह्रथुमको आठराई त्रिवेणी गाउँपालिका २, की १९ वर्षीया मन्दिरा अधिकारीको शव फेला परेको छ ।

Padelux insider
cura insider

बेपत्ता भएको ३३ औँ दिन तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नम्बर ७ मा तमोर नदीको किनारमा अधिकारीको शव भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीय माझीले नदी किनारका शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयाँलले भेटिएको शव मन्दिराको भएको जानकारी दिए ।

२७ मंसिरमा आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङका रमेश अधिकारीले मृतक मन्दिराको हत्या गरेर तमोर नदीमा फालेको प्रहरीलाई बयान दिएका थिए । उनको बयान पछि मन्दिराको शव खोजी भइरहेको थियो ।

नदी किनारामा भेटिएको शव आफन्तले पहिचान गरेका हुन् । शवमा भएको बाला, लुगा, कानका टपको आधारमा शव मन्दिराकै भएको सनाखत गरेको डीएसपी फुयाँलले बताए ।

jackson ribon