birat ribon

बार्सिलोनाविरुद्ध दबाब कायम राख्ने रियल मड्रिडको लक्ष्य

Neuro
बार्सिलोनाविरुद्ध दबाब कायम राख्ने रियल मड्रिडको लक्ष्य

विराटनगर, १९ पुस । स्पेनिस ला लिगा फुटबलमा उपािध दाबेदार मानिएको रियल मड्रिडले आफ्नो १९औं खेल खेल्दैछ । नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुन उक्त खेलमा रियलले गेटाफेविरुद्ध खेल्न लागेको हो ।

Padelux insider
cura insider

यो खेल गेटाफेकै मैदानमा हुनेछ । यस खेलमा गेटाफेविरुद्ध जित निकाल्दै रियल शीर्ष स्थानको बार्सिलोनाविरुद्ध दबाब कायम राख्न चाहन्छ । यस खेलमा रियलले गेटाफेलाई हराएमा ऊ केही घण्टाको लागि भए पनि शीर्ष स्थानमा उक्लनेछ ।

लिगको दोस्रो स्थानको रियलसँग ३७ अंक छ भने शीर्ष स्थानको बार्सिलोनासँग ३९ अंक । आजै हुने अर्को खेलमा बार्सिलोनाले इस्पान्योलसँग खेल्दैछ । बार्सिलोनाले स्पानियोलसँग उसैको मैदानमा खेल्न लागेको हो । यो खेल राति१ः४५ बजेबाट सुरु हुनेछ ।

jackson ribon