birat ribon

उमेरअनुसारको उचाइ बढाउनका लागि यसो गर्नुहोस्

Neuro
उमेरअनुसारको उचाइ बढाउनका लागि यसो गर्नुहोस्

विराटनगर, १९ पुस । वयस्क अवस्थासम्म आइपुग्दासम्म एक महिलाको औसत उचाइ १६३ सेमी अर्थात् ५ फिट ३ इन्च हुनुपर्छ भने एक पुरुषको औसत उचाइ १७६ सेमी अर्थात् ५ फिट ७ इन्च भएको हुनु पर्छ । यो मापदण्डअनुसार उचाइ वृद्धि हुन नसकेको खण्डमा उनीहरूलाई पुड्के वा पुड्को भनिने गरिन्छ । पुड्के बाबुआमाबाट जन्मेको छोराछोरी पनि पुड्को हुने सम्भावना धेरै हुने देखाएको पाइन्छ । तर, सही तरिकाले स्वास्थ्य तथा पोषणयुक्त खानेकुराको सेवनले उमेरअनुसार उचाइ बढाउन मद्दत गर्छ ।

Padelux insider
cura insider

शिशु जन्मँदाको उचाइ कम्तीमा ४५ देखि ५० सेमीको हुनुपर्छ र बिस्तारै उमेर बढ्दै गएपछि ब्यस्यक नभएसम्म हरेक वर्षमा ७ देखि ९ सेमीका दरले वृद्धि हुँदै जानुपर्छ । बयस्क अवस्थामा पुगिसकेपछि एक पटक भइसकेको पुड्कोपनालाई कुनै पनि उपचार पद्धति, औषधि वा सन्तुलित आहारले अग्लो बनाउन सक्दैन । उचाइले सुन्दरता र व्यक्तित्वमा मात्र नभएर स्वास्थ्यमा पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुने हुँदा उमेरउनुसारको उचाइ बढाउन आवश्यक हुन्छ ।

खानाले शरीरलाई आवश्यक पर्ने शक्ति दिनुका बलियो बनाएर शरीरको उचाइलाई बढाउन मद्दत गर्छ । त्यसैले, ५ वर्षभन्दा अगावै बालबालिकाहरूलाई पोषणयुक्त खाना खुवाएमा मात्र शरीरको उचाइमात्र नभएर तौलको समस्याको समाधान पनि गर्छ । शरीरलाई पौष्टिक तत्त्व प्रदान गर्नका लागि विभिन्न सागसब्जी, मौसमी फलफूल, माछा, मासुबाट प्राप्त गर्न सकिन्छ । सन्तुलित आहारमा पानी, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, खनिज, भिटामिन, रेसा आदि सबैको ठीक्क मात्रामा सेवन गर्नुपर्छ ।

बच्चाहरूलाई दूधजन्य पदार्थ, अण्डा, गेडागुडी प्रशस्त मात्रामा खुवाउनु पर्छ । सानो बच्चाहरूलाई रेडिमेड फास्टफुड तथा प्याकेटका जंक फुडहरू खुवाउनु हुँदैन । यसले शारीरिक विकासका साथै मानसिक विकासलाई समेत हानि गर्छ ।

jackson ribon