birat ribon

हाजार्डले सुपरकोपा पनि गुमाउने

Neuro
हाजार्डले सुपरकोपा पनि गुमाउने

एजेन्सी, १९ पुस । रियल मड्रिडका स्टार खेलाडी इडेन हाजार्डले सुपरकोपा डी स्पाना पनि गुमाउने भएका छन् । करिब एक महिनाअघि च्याम्पियन्स लिगको खेलमा घाइते हुन पुगेका हाजार्डले अर्को साता साउदी अरेबियामा हुने सुपरकोपा गुमाउने स्पेनिस मिडियाहरूले जनाएका छन् ।

Padelux insider
cura insider

रियलले सुपरकोपाका लागि अर्को साता साउदी अरेयिबा भ्रमण गर्दैछ । उक्त भ्रमणमा चेल्सीका पूर्वस्टार हाजार्ड हुने छैनन् । उनी लामो समयदेखि उपचाररत छन् । रियलका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना फरवार्ड हाजार्ड अझैसम्म मैदान फर्किन नसकेको जनाएका छन् । उनले ला लिगाअन्तर्गत गेटाफेविरुद्धको खेलको पूर्वसन्ध्यामा पत्रकारसँग कुरा गर्दै हाजार्डले सुपरकोपा पनि गुमाउने बताएका हुन् ।

‘सुपरकोपा पछिचाहिँ उनी फर्किनेमा म विश्वस्त छु’, उनले भनेका छन्, ‘अब करिब १० दिन उनी आरामका साथ बस्नेछन् ।’

आउँदो बुधबार राति १२ः४५ बजे हुने उक्त खेलमा रियलले भ्यालेन्सियाको सामना गर्दैछ । त्यसअघि आज राति रियलले ला लिगाअन्तर्गत गेटाफेसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ ।

jackson ribon