visit-nepal

यो पुलमा पुग्नेबित्तिकै आत्महत्या गर्छन् कुकुर

विराटनगर, १९ पुस । कुकुरले आत्महत्या गर्ने गरेको खवर सुन्दा अच्चम्मित हुनु स्वभाविक हो । तर, स्कटल्यान्डको डन्बार्टन नजिकैको मिल्टन गाउँमा रहेको ओबरटन पुलमा पुगेको कुकुर फर्किएका छैनन् । पुलको छेउछाउ पुग्नेबितिक्कै कुकुर आत्महत्याका लागि उत्प्रेरित हुन्छन् र हाम्फाल्ने गर्छन् ।

पुलमा एउटा यस्तो स्थान छ त्यहाँबाट बढी आत्महत्याको घटना भएको तथ्यांक छ । ५० फिट उचाईको पुलको एउटै ठाउँबाट सफा आकाश र घाम लागेको दिन मात्र कुकुरले आत्महत्या गर्ने गरेको छ । सन् १९६० यता पुलबाट छ सय कुकुरले आत्महत्या गरिसकेका छन् । त्यसमध्ये बचेकाहरूले अर्को पटक आत्महत्या गर्ने प्रयाससमेत गरेका छन् ।

हाम्फाल्ने कुकुरहरू सबै लामो नाक भएका प्रजातिका हुन् भने अत्यधिक सुँघ्ने शक्ति भएका कुकुरहरूले मात्र हामफाल्ने गरेको पाइएको छ । उक्त ठाउँमा पुग्न साथ एक अजिब प्रकारको गन्ध आउने हुँदा कुकुर सम्मोहित जस्तो भएर कसैको कब्जामा रहे जस्तो व्यवहार देखाएर हामफाल्ने गरेको स्थानीयले बताएका हुन् । त्यहाँका मानिसहरूले उक्त पुलको नाम ‘द ब्रिज अफ डेथ’ राखेका छन् । त्यहाँ भूतप्रेत रहेको विश्वास गर्नेहरू पनि धेरै छन् ।

Loading...