पत्रपत्रिकामा देश : गौतम गएनन्, श्रेष्ठले बाचा बिर्से

विराटनगर १९ पुस । राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न शुक्रबार बिहान नेकपाको सचिवालय बैठकमा गर्मागर्मी भयो ।

अन्य १ सय ५० आकांक्षी भन्दा पर नारायणकाजी श्रेष्ठ र बामदेव गौतम उम्मेद्वार बन्ने नबन्ने भन्ने विषयमा बैठक केन्द्रित भयो ।

गौतमलाई राष्ट्रिय सभाको उम्मेदवार बन्न आग्रह गर्दा संविधान संसोधन गरी राष्ट्रिय सभा र प्रतिनिधिसभाको संवैधानिक दृष्टिकोण एउटै बनाउन माग गरे ।

उनले भने जस्तै राष्ट्रिय सभाका सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संसोधन नगरिने बताएपछि उने राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न इन्कार गरेका हुन् ।

तर नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ भने बाचा बिर्सिदै उम्मेदवार बन्न राजी भएको खबर कान्तिपुरले छापेको छ । प्रतिनिधिसभामा पराजित भएको भन्दै उनले यही कार्यकालको संसदमा दोहोर्याएर नजाने बताएका थिए ।

श्रेष्ठनले अध्यक्षहरुले तपाई आवश्यक छ भनेपछि उम्मेद्वार हुन राजी भएको बताएका छन् ।

फौजमा १४ हजार ६ सय २९ महिला शिर्षकमा नयाँ पत्रिका दैनिकले मुख्य खबर छापेको छ । देशका तीनवटै फौजी निकायमा नेतृत्वको दाबी गर्ने हैसियतमा महिलाहरु पुग्दै गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

नेपाल प्रहरीमा ६ हजार ६ सय ३४ महिला प्रहरी छन् । उच्च तहमा प्रहरी नायव महानिरीक्षक आशा सिंह र एसएसपी पूजा सिंह रहेका छन् । यस्तै सेनामा ५ हजार ६२ जना महिला छन् । माथिल्लो तहमा मेजर सुलोचना पौडेल रहेकी छिन् ।

सशस्त्र प्रहरीमा २ हजार ९ सय ३३ महिला छन् । डिएसपी रजनी थापा सशस्त्रको उच्च ओहोदामा हाल रहेकी छिन् ।

‘ एमसीसीमा नेपाल स्वतन्त्र छ : चीन’ शिर्षकमा अन्नपूर्ण पोष्टमा खबर छ ।

चिनियाँ राजदूत होउ यान्छीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)बाट सहयोग लिने नलिने भन्ने विषयमा नेपाल आफैले निर्णय लिनु पर्ने बताएकी हुन् ।

Loading...