पत्रपत्रिकामा प्रदेश : ठेक्का नलागेका खोलामा उत्खनन्

विराटनगर १९ पुस । झापाको अर्जुनधारा नगरपालिकाका दुई खोला बिरिङ र टाङटिङमा नदीजन्य सामग्री उत्खनन् तथा संकलनको लागि ठेक्का लाग्न सकेको छैन् ।

तर दुवै खोलाबाट नदीजन्य सामग्री संकलन भने धमाधम भइरहेको कान्तिपुर दैनिकमा समाचार छ । ठेक्का नलागेपनि ट्याक्टर तथा टिपरमा दैनिक ढुंगा गिटी बालुवा ओसारिरहेका छन् ।

दुई पटक सूचना निकालेपनि ठेक्का लाग्न नसकेको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले बताए । स्थानीयको अवरोधले ठेक्का लाग्न नसकेको नगरपालिकाले जनाएको छ ।

४ करोड १८ लाख ९२ हजार रुपैयाँमा दुई खोलाको लागि नगरपालिकाले ठेक्का आव्हान गरेको थियो । स्थानीय आफैले खोला ठेक्का लगाएका छन् । खोला निजी जमिनमा बगेको भन्दै स्थानीयले नै ठेक्का लगाएका हुन् ।

स्थानीयले क्रसर तथा निर्माण कम्पनीलाई दैनिक सयौँ ट्याक्टर तथा टिपर नदीजन्य सामग्री बेचिरहेको नगरप्रमुख हरि रानाले बताए ।

पूवि काम चलाउको भरमा शिर्षकमा उद्घोष दैनिकमा खबर छ । पूर्वाञ्चल विश्वविद्यालय ५ महिलादेखि काम चलाउ उपकुलपतिको भरमा रहेको छ ।

यहीबीचमा विश्वविद्यालयले दिक्षान्त समारोह पनि गरेको छ । सरकारले व्यवस्थापन संकायका डिन सिरिष रिजाललाई उपकुलपतिको काम चलाउ कार्यभार दिएको छ ।

भदौमा थपलियालाई तीन महिनाको लागि कार्यभार दिएको र अवधि सकिएपछि अर्काे व्यवस्था नहुन्जेल सम्मलाई अवधि थप गरिएको छ ।

सुनसरीको बर्जूमा रहेको इस्र्टन सुगर मिलले यसपालिको उखु क्रसिङ सुरु गरेपनि गत वर्षको भुक्तानी नै बाँकी रहेको समाचार कान्तिपुरमा छ ।

१० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य रहेको मिलका नायब महाप्रवन्धक कृष्ण गौतमले बताए ।

तर किसानले अघिल्लो वर्षको सरकारले दिनु पर्ने अनुदानमध्ये २ करोड ३७ लाख ७६ हजार र अघिल्लो वर्षको १२ लाख ९ हजार रुपैयाँ किसानले अझै नपाएको उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले बताए ।

Loading...