birat ribon

रोनाल्डोलाई ‘नक्कली’ भनेका ज्लाटनले इटाली फर्किएपछि बोली फेरे

Neuro
रोनाल्डोलाई ‘नक्कली’ भनेका ज्लाटनले इटाली फर्किएपछि बोली फेरे

एजेन्सी, १९ पुस । स्वीडेनका फुटबलर ज्लाटन इब्राहिमोभिक इटालियन फुटबल क्लब एसी मिलान फर्किए । केही समयअघि एलए ग्यालेक्सीबाट बिदा लिएका ३८ वर्षीय इब्राहिमोभिक आठ वर्षपछि फेरि मिलान फर्किएका हुन् ।

Padelux insider
cura insider

फेरि सिरी ‘ए’ क्लब फर्किनुअघि उनले युभेन्टसका स्टार रोनाल्डो नक्कली भएको बताएका थिए । उक्त मिडियाले इब्राहिमोभिचलाई अब रोनाल्डोसँग खेल्ने ? भनेर प्रश्न गर्दा उनले रोनाल्डोलाई नक्कली भने । ‘पक्कै हैन मैले रोनाल्डोको विरुद्ध खेलिसकेको छु, वास्तविक रोनाल्डो नाजारियोसँग र उनी वास्तविक ब्राजिलियन रोनाल्डो हुन्, अरु कोही हैनन् । क्रिस्टियानोसँग प्राकृतिक क्षमता छैन । तर, उनी धेरै कामको फलले रोनाल्डोजस्तै भए ।’

यसैगरी रोनाल्डोले युभेन्टसलाई सिरी ‘ए’ जिताउनु ठूलो कुरा नभएको इब्राहिमोभिचको भनाइ थियो । ‘उनले जब युभेन्टसमा हस्ताक्षर गरे, उनले टोलीलाई सिरी ‘ए’ जिताए,’उनले थपे, ‘यो क्लबको लागि कुनै चुनौतीको कुरा थिएन । त्यो युभेन्टसले जित्दै आएको थियो ।’

तर, अब भने उनको बोली फेरिएको छ । एसी मिलानमा २१ नम्बरको जर्सी लगाउने भएका ज्लाटनले इटालीमा रोनाल्डोलाई देख्न पाउँदा आफूलाई खुशी लागेको बताए । मिलान भित्रिएपछि पत्रकारसँग उनले भने, रोनाल्डोलाई इटालीमा देख्न पाउँदा साह्रै खुशी लागेको छ । अब अगाडि हाम्रो प्रतिस्पर्धामा के हुन्छ, हामी हेर्छौं ।’

आफ्नो करिअरमा स्पेनिस, फ्रेन्च, इटालियन र इंग्लिस क्लबहरूबाट खेलिसकेका उनले अब फेरि सिरी ‘ए’ खेल्ने छन् । आयाक्समा ३ वर्ष खेलेका उनले २ वर्ष युभेन्टसबाट खेलेका थिए । त्यसपछि ३ वर्ष इन्टर मिलानमा खेल्दै उनी बार्सिलोना गएका थिए । बार्सिलोनामा २ वर्ष खेलेका उनी २०१० मा लोनामा मिलान आएका थिए । त्यसपछि उनको यात्रा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनतर्फ लम्किएको थियो ।

पीएसजीमा ४ वर्ष खेलेका उनी त्यसपछि म्यानचेष्टर युनाइटेड हुँदै एलए ग्यालेक्सी गएका थिए । एलए ग्यालेक्सीबाट उनी पुनः एसी मिलान आएका हुन् ।

jackson ribon