birat ribon

उखु किसानको आन्दोनल स्थगित

Neuro
उखु किसानको आन्दोनल स्थगित

काठमाडौं १८ पुस । सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ ।

Padelux insider
cura insider

सर्लाहीको अन्नपूर्ण चिनी मिलले दुई वर्षदेखिको उखुको पैसा नदिएपछि काठमाडौं गएर धर्नामा बसेका किसान र सरकारबीच सहमति भएको हो ।

किसान धर्नामा बसेपछि सरकारले चिनी मिल सञ्चालकहरुलाई बोलाएर किसानको पैसा दिन ताकेता गरेको थियो । चौतर्फी दबाबपछि अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले शुक्रबार किसानहरुको खातामा ५० लाख रुपैयाँ हालेका छन् । बाँकी रकमपनि २५ पुसभित्र दिने प्रतिबद्धता जनाएका छन् ।

उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आव्हान गरेको वार्तामा आन्दोलनरत किसान र सरकारबीच ५ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार माघ ७ गतेभित्र उखु किसानको बाँकी रकम झुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग मन्त्रालय समन्वय गर्नेछ ।

किसानहरुलाई सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने, किसानको भुक्तानी र चिनीको आपूर्तिमा कुनै समस्या वा गुनासो भए सम्बोधन गर्न मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखा तोक्ने र उखु किसानका आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने सहमति भएको छ । सहमतिमा किसानहरुले पुरा पैसा नपाउञ्जेल आन्दोलन स्थगित गर्ने र पुरा रकम पाएपछि आन्दोलन फिर्ता गर्ने सहमति गरेका छन् ।

jackson ribon