विराटनगर १८ पुस । २१ वर्षीया र्यापर लेक्सी अलिजाइको मृत्यु भएको छ । उनी मृत्यु हुनु भन्दाको केही समय अघिसम्मपनि सामाजिक सञ्जालमा सकृय थिइन् ।
लेक्सीका कजन (आफन्त) रइस खानले लेक्सीको मृत्यु भएको पुष्टि गरेको मिरर डट यूकेले जनाएको छ । उनको नेपाली समय अनुसार शुक्रबार बेलुका मृत्यु भएको हो ।
सामाजिक सञ्जालमा अत्यधिक फ्यान फलोइङ भएकी स्टार लेक्सी मृत्युको खबरले सामाजिक सञ्जालमा दुख व्यक्त गरिएका पोष्टहरु भरिएका छन् ।