birat ribon

मन्त्रीले ६ माघभित्र भुक्तानी दिलाउने आश्वासन दिएपछि उखु किसान फर्किन तयार

Neuro
मन्त्रीले ६ माघभित्र भुक्तानी दिलाउने आश्वासन दिएपछि   उखु किसान फर्किन तयार

काठमाडौं, १८ पुष । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी ६ माघभित्र मिल मालिकहरुबाट उखु किसानहको बाँकी भुक्तानी गराईने लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् ।

Padelux insider
cura insider

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री भट्टले उखु किसानहरुको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भीर रहेको बताउँदै आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउनेगरि लिखित रुपमै सहमति गर्ने स्पष्ट पारेका हुन् ।

उनले यही पुसभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराईसकिने विश्वास दिलाए । उनकाअनुसार १३ वटामध्ये ३ वटा चीनी मिलले किसानहरुलाई भुक्तानी दिन बाँकी रहेको छ ।

उखु किसानहरुको माग र समस्याको दिर्घकालिन समाधान गर्न हामी शुक्रबार नै एक कार्यदल बनाएको समेत जानकारी दिए । कार्यदलले १५ दिनभित्र प्रतिवदन दिनेछ । कार्यदलको प्रतिवेदन अनुसार अघि बढ्ने उनले बताए ।

उनले रुग्न अवस्थामा रहेका वीरगन्ज चीनी कारखाना र लुम्बिनी चिनी कारखानालाई पनि छिट्टै सञ्चालनमा ल्याउने विश्वास दिलाए ।

कार्यक्रममा उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले विभागीय मन्त्रीबाटै आफूहरुको माग पूरा गराउने प्रतिबद्धता आएको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा उपस्थित् भएका उखु किसानहरुले अब आफूहरु घर फर्किने पनि जानकारी दिए । उनीहरुले विभागीय मन्त्रीबाट नै माग पूरा गराउने प्रतिबद्धता आएकोले अब घर फर्किन आफूहरु तयार भएको स्पष्ट पारेका हुन् ।

jackson ribon