खाँदबारी १८ पुस । संखुवासभामा शुक्रबार दिउँसोदेखि हिमपात सुरु भएको छ ।
संखुवासभाको मकालु, भोटखोला र तिलुचुंग गाउँपालिमा शुक्रबार दिउँसोदेखि बाक्लो हिमपात भएको हो।
ती गाउँपालिकामा पर्ने तीनजुरे मिल्के जलजले, गुफापोखरी, मंगलबारे, चौकी, सुके देउराली, किमाथांका लगायतका क्षेत्रका सर्वसाधारण हिमपातबाट प्रभावित भएका छन् ।
तर ती क्षेत्रमा पुगेका पर्यटकहरु भने हिउँ खेल्न र रमाइलो गर्न व्यस्त बने ।