visit-nepal

नेपाली २२ करोड पर्ने कुकुर

एजेन्सी, १८ पुस । घर पालुवा कुकुरको मूल्य प्रजातिअनुसार १० हजार, २० हजार १ लाख रुपिया सुनिरहेका हुन्छौं । तर, चीनमा तिब्तयन मास्टिफ प्रजातिको कुकुरलाई करिब २ मिलियन डलर (२२ करोड नेपाली रुपियाँमा ) बेचिएको छ ।

५६ वर्षीय प्रपर्टी डेवलोपरले २२ करोड तिरेर एक वर्ष भएको सुनौलो रंगको तिब्तयन मास्टिफ खरिद गरेका हुन् । यो जातको कुकुरलाई सिंहको वर्णशंकर भनिन्छ भने यिनीहरूको शरीरमा सिंहकै रगत बग्ने गरेको हुन्छ ।

शुद्ध प्रजातिका तिब्तयन मास्टिफ विरलै पाइने हुँदा महँगो हुने गरेको यी कुकुरका ब्रिदर जहाज जेनग्युन नामका व्यक्तिले अर्जो रातो रंगको मास्टिफलाई ९६८५०० डलर (११ करोड नेपाली रुपैयाँ)मा बेचेका छन् । ‘मिड-डे-डटकम’का अनुसार यो विश्वको महंगो कुकुर हो । यति महंगोमा खरिद गरेका कुकुरको तौल ९० किलो र उचाइ ८० सेमी थियो ।

Loading...