birat ribon

मूत्राशयको क्यान्सरको मुख्य संकेत पिसाब गर्दा पीडा हुनु

Neuro
मूत्राशयको क्यान्सरको मुख्य संकेत पिसाब गर्दा पीडा हुनु

विराटनगर, १८ पुस । खराव जीवनशैली, अव्यवस्थित खानपान, चुरोट, रक्सी तथा सूर्तीजन्य पदार्थको सेवन, व्यायामको कमीले गर्दा धेरै मानिसहरू क्यान्सरको समस्याले पीडित छन् भने विश्वव्यापी रूपमा फोक्सो, पाठेघर, कलेजो, मुत्राशय र स्तनको क्यान्सरहरू मृत्युका मुख्य कारण बन्दै आएका छन् ।

Padelux insider
cura insider

तथ्यांक अनुसार नेपालमा आजकाल मूत्राशय क्यान्सरको खतरा तव्र रूपमा बढिरहेको छ । युवाहरूमा हुने यो क्यान्सर अण्डकोशमा हुने गर्छ । अण्डकोषका साथै वीर्यकोषका कोशिकाहरूको अनियन्त्रित वृद्धिबाट वा पत्थरी पनि लामो समयसम्म रह्यो वा नियन्त्रण गर्न सकिएन भने पनि मूत्राशय क्यान्सर हुन सक्छ ।

मूत्राशयको क्यान्सर भएमा उपचार अभावमा आखिरी चरणमा क्यान्सरका कोशिकाहरू शरीरभर फैलिएर फोक्सो, मष्तिष्क, कलेजो र हड्डीमा प्रभाव पारेर बिरामीलाई सास फेर्न गाह्रो हुन्छ र पछि मृत्यु हुन्छ । उपचार नपाएको ९५ प्रतिशत स्थितिमा क्यान्सर घातक भएर शरीरमा फैलन्छ ।

अण्डकोषमा कुनै पनि प्रकारका गाँठागुँठी वा केही परिवर्तन आउन थालेको महशूस भएको छ भने क्यान्सरको मुख्य लक्षण हुन सक्छ । उक्त गाँठो केराउको आकार वा त्योभन्दा ठूलो हुन सक्छ र उपचार नगरेमा बढ्दै पनि जान सक्छ । अण्डकोष कडा भएर भारीपन आउन थालेमा क्यान्सर विस्तारै फैलिँदै गएको हुँदा सचेत रहनुपर्छ । पिसाब गर्दा अप्ठेरो हुने, पेट, ढाडमा लगातार पीडा महशूस हुन्छ भने मूत्राशय क्यान्सरका लक्षण हुन् ।

मूत्राशय क्यान्सर भएको अवस्थामा पिसाब गर्दा पीडा हुनुका साथै पिसाबबाट रगत पनि आउन सक्छ । अण्डकोषमा केही असामान्य अवस्था आउनेबित्तिकै मूत्राशय क्यान्सर भएको छ कि छैन भनेर परीक्षण गरेर चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्छ । मूत्राशयको क्यान्सर हुने खतरा खासगरी अत्यधिक तापक्रममा कामगर्ने युवाहरूलाई अधिक हुने पाइएको छ । १५ वर्ष पछिका युवाहरूले मूत्राशय क्यान्सरबारे सचेत रहेर समयसमयमा परीक्षण गराइरहनु पर्छ ।

jackson ribon