birat ribon

यस्तो बन्यो विराजको ‘साङ्लो’ को ट्रेलर (भिडियोसहित)

Neuro
यस्तो बन्यो विराजको ‘साङ्लो’ को ट्रेलर (भिडियोसहित)

विराटनगर, १८ पुस । चर्चित अभिनेता विराज भट्टको अभिनय तथा निर्देशन र पूर्वमिस नेपाल निकिता चाण्डकको अभिनयमा डेब्यु रहेको फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै युटुबमार्फत ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

Padelux insider
cura insider

सार्वजनिक गरिएको ट्रेलरमा विराजको दमदार एक्सन देख्न सकिन्छ भने कतै कतै निकिताको अभिनय पनि रहेको छ । शिवम् अधिकारीको लेखनमा किड्नी तस्करीको कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा विराज र निकिताले एक अर्काको श्रीमान्–श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा उनीहरू प्रेमी–प्रेमिका हुँदै श्रीमान्–श्रीमति बनेको देखाइएको छ । फिल्ममा विराज र निकिताका साथ प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलगायत कलाकारहरूको अभिनय छ । मानकृष्ण महर्जनको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले संगीत भरेका छन् ।

फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्म माघ २४ गते प्रदर्शनमा आउने भएको छ । निकिताको डेब्यू फिल्म भएका कारण उनको अभिनय कस्तो होला भन्ने सोच रहेका दर्शकहरूले केही साताअगाडि फिल्ममा समावेश गरिएको ‘चरीले काफल टिप्यो’गीतको भिडियोमा उनको एक्सप्रेसन र हाउभाउले राम्रो अभिनय गरेको हुनसक्ने प्रतिक्रिया दिँदै आएका छन् । विराजले पहिलो पटक फिल निर्देशन गर्दै झण्डै तीन वर्षपछि अभिनयमा कमब्याक गरेका हुन् ।

jackson ribon