birat ribon

चोटमुक्त हुँदै टर स्टेगन, स्पेनिस सुपर कप खेल्न सक्ने

Neuro
चोटमुक्त हुँदै टर स्टेगन, स्पेनिस सुपर कप खेल्न सक्ने

एजेन्सी, १८ पुस । स्पेनिस क्लब बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टर स्टेगन चोटमुक्त हुने प्रयासमा छन् । स्पेनिस मिडिया ‘एसईआर’को रिपोर्टअनुसार हाल उनी घुँडाको चोटबाट मुक्त हुुन प्रयासरत छन् ।

Padelux insider
cura insider

उनको दाहिने घुँडामा गम्भीर चोट लागेको छ । यसैकारण उनले ‘क्याटलान डर्बी’ गुमाउनेछन् । बार्सिलोनाले यसै शनिबार राति क्याटलान डर्बीअन्तर्गत इस्पान्योलसँग खेल्दैछ । यो खेलमा टर स्टेगनले खेल्ने छैनन् । उनको सट्टा नेटोले बार्सिलोनाको पोस्ट सम्हाल्नेछन् ।

asdf

अहिले स्टेगनले निरन्तर रूपमा घुँडाको उपचार गराइरहेका छन् । जर्मन गोलरक्षक बिहीबारको प्रशिक्षणमा पनि उपस्थित जनाउन सकेनन् । बार्सिलोनाका मेडिकल स्टाफहरूले स्टेगन स्पेनिस सुपर कपअघि नै फिट भइसक्ने जनाएका छन् ।

जनवरी १० मा हुन लागेको सुपर कपको खेलअगाडि नै स्टेगनलाई फिट बनाउन बार्साका मेडिकल स्टाफहरू लागिपरेको पनि ‘एसईआर’ले जनाएको छ । बार्सिलोनाले सुपर कपको सेमिफाइनलमा एथ्लेटिको मड्रिडसँग खेल्नेछ । यो खेल अर्को शनिबार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि घुँडाको चोटका कारण उनले केही महिना मैदानबाहिर बस्नुपर्ने जनाइएको थियो । गत सोमबार मात्र बार्सिलोनाका मेडिकल टिमसँग स्वास्थ्य परीक्षण गराएका थिए उनको घुँडामा जटिलता देखिएपछि लामो समयसम्म मैदानबाहिर बस्नुपर्ने जनाइएको थियो ।

तर, उनको घुँडाको सर्जरी गर्नुपर्ने अवस्था नआएकोले पनि उनी चाँडै ठीक हुने आँकलन गरिएको छ । यदि, सर्जरी गर्नुपरेको थियो भने उनले १० वा १२ महिना आराम गर्नुपर्ने थियो ।

jackson ribon