एजेन्सी, १८ पुस । इटालियन च्याम्पियन क्लब युभेन्टसले सिरी ‘ए’ प्रतिद्वन्द्वी क्लब एटलान्टाका खेलाडी भित्र्याएको छ । एटलान्टाका स्टार डेजान कुलुसेभ्स्कीलाई युभेन्टसले क्लबमा भित्र्याएको हो ।

स्वीडेनका युवा मिडफिल्डर डेजानलाई इटालियन च्याम्पियन क्लब युभेन्टसले ३५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको हो । १९ वर्षीय डेजानसँग युभेन्टसले साढे चार वर्षका लागि सम्झौता गरेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।
यद्यपि, हाल लोनमा पर्मामा रहेका उनले यो सिजनपछि मात्र युभेन्टसबाट खेल्नेछन् । डेजानले सन् २०१९ को जुलाईमा पर्मासँग एक वर्षको लोन सम्झौता गरेका थिए ।