विराटनगर, १८ पुस । व्यस्त जीवनशैली, गलत खानपान, अत्यधिक जंकफुडको सेवन, व्यायामको कमी, लापरवाही र तनाब का कारण आजकाल प्रत्येक व्यक्ति आफ्नो शरीरको अत्यधिक तौलबाट दिक्क मानिरहेका छन् ।
शरीरमा कार्वोहाइड्रेटको मात्रा बढ्ने र शरीर मोटाउने समस्याले गर्दा शरीरमा विभिन्न रोगसमेत लाग्न सकिन्छ । शरीर मोटाउने क्रममा हुँदा धेरैजसो सबै तौल पेटमा जम्मा हुने गर्छ । पेट बढेर नराम्रो देखिनुका साथै पेटमा बोसो जमेर स्वास्थ्यलाई समेत नकारात्मक असर पु¥याउने गर्छ ।
आफ्नो शरीर फिट बनाउने चाहना सबैको हुँदाहुँदै पनि केही कारणले गर्दा त्यसमा सफल हुन सक्दैनन् । यदि यस्तै समस्याबाट पीडित हुनुहुन्छ भने सुरुमा आफ्नो शरीरलाई भन्दा मस्तिष्कलाई तयार राखेर तल दिएका उपायहरू अपनाएर मोटोपन घटाएर शरीरलाई स्लिम बनाउनका साथै स्वास्थ्य पनि रहन सकिन्छ ।
- बिहान एक गिलास तातो पानी पिउने (कागती र मह राखेर पिउन पनि सकिन्छ)
- दैनिक ३० मिनेट देखि १ घण्टासम्म नियमित पसिना आउन्जेल व्यायाम तथा योग गर्ने
- नुनको मात्रा कम सेवन गर्ने
- गुलियो पदार्थ धेरै नखाने
- कार्बोहाइड्रेटको मात्रा कम र प्रोटिन, सागसब्जी, फलफूल, अण्डा, माछामासु तथा झोल पदार्थ खाने
- पानी प्रशस्त पिउने
- रक्सी, चुरोट र सुर्तीजन्य पदार्थको सेवन नगर्ने
- चिल्लो, बोसोयुक्त तथा जंकफुडको सेवन त्याग्नुस
- तनाव कम लिने र सकारात्मक सोचको विकास गर्ने