बुटवल, १८ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागेको आरोप लगाएकी छन् । प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
कलह समाप्त नभए पार्टी हराएर जाने बताउँदै उनले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरिन् । ‘पार्टी सबैभन्दा प्रमुख विषय हो, व्यक्ति ठूलो होइन, पार्टीको विवाद नमिले आउने चुनावमा कांग्रेस शून्यमा झर्छ, उनले भनिन्, ‘पार्टीभित्र यस्तै किचलो रहिरहे यो पार्टीमा भोट हाल्नलाई हात काँप्नेछ ।’
कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ ।