birat ribon

मलद्वारमा लुकाएर २ किलो सुन तस्करी, २ भारतीय नागरिक समातिए

Neuro
मलद्वारमा लुकाएर २ किलो सुन तस्करी, २ भारतीय नागरिक समातिए

काठमाडौं, १८ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । विमानस्थलमा प्रहरीले दुई भारतीय नागरिकलाई आएको २ किलो सुनसहित नियन्त्रणमा लिएको हो ।

Padelux insider
cura insider

युएइको शारजाहबाट काठमाडौं ओर्लेका भारत महराराष्ट्रका ३१ वर्षीय शुरेसलाल भारत र मुम्बाईका ३९ वर्षीय गोपिचन्दन नविनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले मलद्वारमा सुन लुकाएर ल्याएका हुन् । क्याप्सुल बनाएको ६ वटा दुई किलोको सुनको डल्ला उनीहरूको साथबाट बरामद गरिएको छ ।

मलद्वारमा निलो प्लास्टिक बेरेर एक जनाले एक किलोका दरले सुन हालेर ल्याएको प्रहरीले जनाएको छ। उनीहरुलाई सिनामंगलस्थित केएमसी अस्पताल लगेर एक्सरे गरिएको थियो।

jackson ribon