birat ribon

१ सय ४१ वर्ष पहिले लिइएको टेस्ट क्रिकेटको पहिलो ह्याट्रिक

Neuro
१ सय ४१ वर्ष पहिले लिइएको टेस्ट क्रिकेटको पहिलो ह्याट्रिक

एजेन्सी, १८ पुस । टेस्ट क्रिकेट इतिहासमा आजसम्म कूल ४४ वटा ह्याट्रिक लिई सकिएको छ । ह्याट्रिक लिनेमा विश्वभरका बलरहरू छन्, सबै खेलाडीहरूको नाम याद गरेर सम्झन सम्भव छैन । तर, विश्वले त त्यहीँ नाम मात्र सम्झिन्छ जसले कुनै पनि काम पहिलोपटक गरेको हुन्छ ।

Padelux insider
cura insider

टेस्ट क्रिकेटको पहिलो ह्याट्रिक

इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा सन् १८७९ जनवरी २ मा सम्पन्न भएको खेलमा इंङ्गल्यान्ड र अस्ट्रेलिया आमने–सामने भएका थिए । टस जितेको इंग्ल्यान्ड त्यस खेलमा पहिले ब्याटिङ्ग गरिरहेको थियो । सायद, कसैलाई लागेको थिएन होला कि त्यस खेलमा ऐतिहासिक विश्व रेकर्ड बन्दै छ भन्ने ।

त्यस खेलमा अस्टे«लीयाका तीव्र गतिका बलर फ्रेड स्पोफफोर्थले इंग्ल्यान्डको रन २६ हुँदा लगातार तीन बलमा ३ विकेट लिँदै पहिलो पटक टेस्ट क्रिकेटमा ह्याट्रिक पूरा गरेका थिए । क्रिकेट जगतमा ‘द डिमन बलर’का रूपमा परिचित फ्रेड टेस्ट क्रिकेटको इतिहासमा ५० विकेट लिने पहिलो बलर पनि हुन् ।

सन् १८७७ देखि १८८७ का बीचमा अस्ट्रेलियाबाट टेस्ट क्रिकेट खेलेका फ्रेडले कुल १८ टेस्ट खेल्दै ९४ विकेट लिएका थिए ।

jackson ribon