birat ribon

मुटुरोगीलाई एक्लोपनका कारण मृत्युको खतरा बढी

Neuro
मुटुरोगीलाई एक्लोपनका कारण मृत्युको खतरा बढी

विराटनगर, १८ पुस । मुटुरोगी भएका मानिसहरूलाई एक्लोपनका कारण मृत्युको खतरा बढी हुने गर्छ । जर्नल हर्टमा प्रकाशित गरिएको अनुसन्धानले मुटुको रोगले पीडित मानिसहरू एक्लो रहनेमा मृत्युदरको खतरा बढने निष्कर्ष निकालेको हो ।

Padelux insider
cura insider

अनुसन्धानअनुसार एक्लोपनाले पीडित व्यक्तिमा कोरोनरी मुटुरोग र मृत्युको खतरा बढी हुने गरेको देखाएको छ । सन् २०१३ र २०१४ को बीच एक वर्षको अन्तरमा गरिएको अध्ययनमा डेनमार्कका बिरामीहरू सामेल गरिएको थियो । धेरैजसो पुरुष रहेको अध्ययनमा बिरामीको औसत आयु ६६ वर्ष थियो ।

fs

समयसमयमा उनीहरूको स्वास्थ्यको परिणामलाई जाँच गरिएको थियो । अनुसन्धानले एक्लो हुनेमा चिन्तित हुने खतरा तीनगुणाले बढ्ने गरेको देखाएको थियो । साथै, जाँचका क्रममा जसले चिकित्सकलाई एक्लोपनाबारे बताएका थिए, तिनीहरूको एक वर्षको अन्तरमा उपचार भए पनि मृत्यु भएको थियो ।

एक्लोपनाले गर्दा उनको स्वास्थ्य एक वर्षभित्रै बिग्रिँदै गएको हो । एक्लोपना भएको मुटुरोगीको मृत्युदर तीन गुणा बढेको अनुसन्धानको निष्कर्ष रहेको छ । र, एक्लो पन नभएको व्यक्तिहरूलाई चिन्ता र उदासी रोगको कम जोखिम हुने गर्छ ।

एक्लो रहने पुरुषमा एक्लोपना र सामाजिक रूपमा अलग रहनुले ३९ प्रतिशतभन्दा बढी मुटु स्वास्थ्यको जोखिम र त्यस्तै हृदयाघात तथा एन्जाइना (छाती दुख्ने समस्या) को जोखिम २९ प्रतिशतसम्म बढाउन सक्छ । यस्तै स्ट्रोकको जोखिम ३२ प्रतिशत बढाउन सक्छ । महिलासँग परिवार र साथीको एउटा व्यापक नेटवर्क हुने हुँदा एक्लोपनले उनीहरूलाई पुरुषजस्तो स्थितिमा पु¥याउँदैन ।

jackson ribon