birat ribon

आठ वर्षपछि इब्राहिमोभिक एसी मिलान फर्किए

Neuro
आठ वर्षपछि इब्राहिमोभिक एसी मिलान फर्किए

एजेन्सी, १८ पुस । स्वीडेनका फुटबलर जाल्टन इब्राहिमोभिक इटालियन फुटबल क्लब एसी मिलान फर्किएका छन् । ३८ वर्षीय इब्राहिमोभिक आठ वर्षपछि फेरि मिलान फर्किएका हुन् ।

Padelux insider
cura insider

केही समयअघि एलए ग्यालेक्सीबाट बिदा लिएका उनी फेरि सिरी ‘ए’ क्लब फर्किएका हुन् । उनले २१ नम्बरको जर्सी लगाउने भएका छन् । आफ्नो करिअरमा स्पेनिस, फ्रेन्च, इटालियन र इंग्लिस क्लबहरूबाट खेलिसकेका उनले अब फेरि सिरी ‘ए’ खेल्ने छन् ।

आयाक्समा ३ वर्ष खेलेका उनले २ वर्ष युभेन्टसबाट खेलेका थिए । त्यसपछि ३ वर्ष इन्टर मिलानमा खेल्दै उनी बार्सिलोना गएका थिए । बार्सिलोनामा २ वर्ष खेलेका उनी २०१० मा लोनामा मिलान आएका थिए । त्यसपछि उनको यात्रा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनतर्फ लम्किएको थियो ।

पीएसजीमा ४ वर्ष खेलेका उनी त्यसपछि म्यानचेष्टर युनाइटेड हुँदै एलए ग्यालेक्सी गएका थिए । एलए ग्यालेक्सीबाट उनी पुनः एसी मिलान आएका हुन् ।

jackson ribon