birat ribon

‘क्याटलान डर्बी’का लागि प्रशिक्षणमा फर्किए बार्सिलोनाका खेलाडी

Neuro
‘क्याटलान डर्बी’का लागि प्रशिक्षणमा फर्किए बार्सिलोनाका खेलाडी

एजेन्सी, १८ पुस । करिब २ साताको विश्रामपछि डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले शनिबारदेखि ला लिगाका खेल सुरु गर्दैछ । नेपाली समयअनुसार शनिबार राति १ः४५ ‘क्याटलान डर्बी’ बाट बार्सिलोनाले फेरि सुरुआत गर्दैछ ।

Padelux insider
cura insider

आजबाट ला लिगाको खेलहरू सुचारु हुँदैछ । तर, साविकको विजेता बार्सिलोनाले भने इस्पान्योलविरुद्धको क्याटलान डर्बी खेल्दै शनिबार रातिबाट ला लिगा पुनः सुरु गर्दैछ । उक्त डर्बीका लागि लामो छुट्टीपछि स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरू प्रशिक्षणमा फर्किएका छन् ।

इस्पान्योलसँगको क्याटलान डर्बीका लागि बार्सिलोनाका कप्तान लियोनल मेस्सी, लुइस स्वारेज, अर्टुरो भिडाललगायतका खेलाडी अभ्यासमा फर्किएका हुन् । दक्षिण अमेरिकी खेलाडीहरुका साथै जेरार्ड पिके पनि अभ्यासमा फर्किएका थिए ।

हाल बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ । १८ खेल खेलको बार्साले ३९ अंक बनाएको छ । यस्तै समान खेलबाट रियल मड्रिडले ३७ अंक बनाएको छ ।

jackson ribon