birat ribon

अब एटीएमबाट दिनमा १ लाख रुपैयाँसम्म निकाल्न सकिने

Neuro
अब एटीएमबाट दिनमा १ लाख रुपैयाँसम्म निकाल्न सकिने

विराटनगर, १८ पुस । अब एटीएम मेसिनबाट एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न सकिने भएको छ । भदौमा चिनियाँ ह्याकरहरूले एटीएम ह्याक गरेपछि नेपाल राष्ट्र बैंकले रु ६० हजारसम्म मात्र झिक्न सकिने व्यवस्था लागू गरेको थियो ।

Padelux insider
cura insider

चिनियाँ नागरिकले नक्कली कार्डबाट एटीएम मेसिनको पैसा निकालेपछि राष्ट्र बैंकले सीमा घटाएको थियो । प्रतिकारोबार २० हजार र प्रतिदिन अघिकतम ६० हजार रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था बैंकले ल्याएको थियो ।

तर, अब भने राष्ट्र बैंकले पुरानै व्यवस्था कायम गरेको हो । अब एटीएम कारोबारमा न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजार र प्रतिदिन बढीमा एक लाख रुपैयाँ निकाल्न पाइनेछ ।

jackson ribon