birat ribon

सन्दीप चोटमुक्त, फर्किए टोलीमा

Neuro
सन्दीप चोटमुक्त, फर्किए टोलीमा

एजेन्सी, १८ पुस । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा लेग स्पिनर सन्दीप लामिछाने चोटमुक्त भएका छन् । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गतको खेलमा घाइते भएका उनी चोटमुक्त हुँदै खेलमा फर्किएका छन् ।

Padelux insider
cura insider

चोट बोकेका कारण उनले बीबीएलअन्तर्गत सिड्नी थन्डरविरुद्धको खेल गुमाएका थिए । मेलबर्न स्टार्सबाट खेल्दै आएका सन्दीपले चोटका कारण खेल्न नसक्ने भएपछि मेलबर्नले उनको स्थानमा हरिस रौफलाई मौका दिएको थियो । उनी सो खेलमा बेन्चमा बसेका थिए ।

अब भने उनले शनिबार हुने खेल खेल्ने भएका छन् । मेलबर्नले आफ्नो छैटौं खेलअन्तर्गत शनिबार रेनेगेड्ससँग खेल्दैछ । उक्त खेलमा उनी सुरूवाती १३ खेलाडीको सूचीमा परेका छन् । मेलबर्न डर्बी भिडन्त भोलि नेपाली समयअनुसार दिउँसो १ः५५ बाट सुरु हुनेछ ।

यस सिजन सन्दीपले ४ खेलमा ३ विकेट लिएका छन् भने उनको टोली मेलबर्नले ५ खेलमा ४ जितसहित ८ अंकका साथ शीर्ष स्थान बनाएको छ ।

jackson ribon